काठमाडौं – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई भिमदत्त नगरपालिकाले जागिर दिएको छ ।
खान लाउनै दुःख भएको भन्दै दुर्गादेवीले निवेदन दिएपछि नगरपालिकाले सरकारी जागिर दिएको हो ।
निर्मलाका बाबु कान्छी श्रीमती ल्याएर छुट्टै बस्छन् । दुर्गादेवीका लागि श्रीमानले केही हेरेका छैनन् ।
श्रीमानले कान्छी ल्याएर हेलाँ गरेको र छोरीको समेत हत्या भएकाले मानवीय आधारमा दुर्गादेवीलाई जागिर दिइएको भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।
प्रतिक्रिया