१९ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

१९ निर्माण व्यवसायी/आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)


काठमाण्डु-सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ ।

कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि २ वर्ष सम्मका लागि कालोसूचीमा राखेको हो ।

साथै कार्यालयले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि जनाएको छ ।