नयाँदिल्ली – भारतको नयाँदिल्लीमा निर्भया बलात्कार–हत्या काण्डका दोषीलाई मृत्युदण्ड दिन अदालतले रोकेको छ ।
बलात्कारपछि हत्याका चार दोषीलाई मृत्युदण्डको मिति समेत तोकिएपछि मृत्युदण्ड स्थगित गरिएको हो । चार अभियुक्तमध्ये पवनकुमार गुप्ताले राष्ट्रपति समक्ष दया याचिका गरेका थिए । तर उक्त याचिका राष्ट्रपतिकहाँ थन्किएको छ ।
यस्तो अवस्थामा मृत्युदण्ड दिन नसकिने भन्दै दिल्ली अदालतले फाँसी रोकेको हो । यस घटनाका दोषीको मृत्युदण्ड रोकिएको हो चौथोपटक हो ।
प्रतिक्रिया