कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी

कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी


काठमाण्डु- कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

सोमबार अपराह्न ३ बजेसम्म कसैको पनि उजुरी नपरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी गराइन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दिएका थिए । वडा नम्बर १ र २ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका उनले जानकारी दिइन् ।

कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन् भने ३१ हजार ११२ जना मतदाता छन्। उम्मेदवारीको नामावली मंगलबार साँझ  प्रकाशन हुनेछ।