काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आईतबार जारी विज्ञप्तिमा राजदूत नियुक्तिबारे जानकारी दिइएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया