बावुरामले होईन् माओवादीले गोरखामा विकास गरेको हो :नारायणकाजी श्रेष्ठ

बावुरामले होईन् माओवादीले गोरखामा विकास गरेको हो :नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोरखाको विकासमा माओवादीको योगदान भएको बताएका छन् ।

 

 

उनले गोरखाको विकास बावुराम भट्टराई व्यक्तिगत रुपमा नगरेको दाबी गरे । श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा उहाले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।’

 

 

पुर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले चुनावपछि वामपन्थीको सरकार बन्ने दाबी गरेका छन् ।  

 

 

गोरखा–काठमाण्डु सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्ने बताए । उनले गोरखामा हुनु पर्ने जति विकास नभएको भन्दै त्यहाको विकासको लागी माओवादी नै चाहिने दाबी गरे ।