कोरियाली द्धिपमा तनाव बढ्यो, उत्तरले प्योङयाङबाट खतरनाक मिसाइल अघि बढाएको दक्षिण कोरीया र अमेरीकाको दाबी

कोरियाली द्धिपमा तनाव बढ्यो, उत्तरले प्योङयाङबाट खतरनाक मिसाइल अघि बढाएको दक्षिण कोरीया र अमेरीकाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी–उत्तर कोरियाले राजधानी प्योङयाङमा रहेका क्षेप्यास्त्रहरु ओसारपसार गरेको दक्षिण कोरियाले जनाएको छ । यही १० अक्टोम्बर हुन गइरहेको उत्तर कोरियाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा उत्तर कोरीयाले शक्ति प्रदर्शन गर्न सक्ने अड्कलबाजी दक्षिण कोरियाली गुप्तचर संस्थाको दाबी छ ।

 

 

 

 

दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुले कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा थप उत्तेजक गतिविधी गर्न सक्ने दाबी गरेका छन् । जापानका रक्षामन्त्री इत्सुनोरी ओनोडोराले शुक्रवार १० अक्टोम्बरमा उत्तर कोरीयाको तर्फबाट कडा कार्वाही हुन सक्ने दाबी गरेका थिए ।

 

 

 

दक्षिण कोरियाको कोरियन ब्रोडकास्टिंङ सिस्टम (केबीएस)का अनुसार उत्तर कोरीया अत्यधिक उत्तेजक कार्वाही गर्ने तयारीमा छ । उत्तर कोरियाको मिसाइल रिसर्च एण्ड डेभलोमेण्ट फेसिलिटीको तर्फबाट धेरै मिसाइल राजधानि प्योङयाङबाट सारेको दक्षिण कोरिया र अमेरीकी गूप्तचरको दाबी छ ।

 

 

 

मिसाइलहरु कुन क्षेत्रतर्फ सारेको भन्ने अझै निश्चित भएको छैन् ।  उत्तर कोरियाले मध्यम दुरी वाला हुआजोंग–१२, इंटरकोन्टिनेंटनल ब्यालेष्टिक हुआजोंग –१४ मिसाइल तयारी हालतमा राखेको दक्षिण कोरीयाको दाबी छ  ।  उत्तर कोरियाले ३ सेप्टेम्बर मा गरेको छैटौं शक्तिशाली परमाणु परीक्षण गरेपछि कोरीयाली द्धिपमा तनाव बढिरहेको छ ।

 

 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथी थप प्रतिवन्ध लगाएपछि उत्तर कोरिया झन् आक्रोसित बनेको छ ।  उत्तर कोरीयाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पबीच आरोप प्रत्यारोप समेत सुरु भएको छ ।

 

 अमेरीकी राष्ट्रपति ट्रम्पले उत्तर कोरीयालाई ध्वस्त गर्ने चेतावनी दिएपछि उत्तर कोरीयाका शासक उनले ट्रम्पलाई पागलको संज्ञा समेत दिएका थिए ।

 

अमेरिकी विदेशमन्त्री चीनमा
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन चीनको राजधानी बेइजिङ पुगेका छन् । कोरियाली द्धिपमा तनाव बढिरहेको बेला टिलरसन चीन पुग्नुलाई निकै महत्वका साथ हेरिएको छ । उनको भ्रमण नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको तयारीका लागि भएको भनिएपनि उत्तर कोरीयाबारे छलफल गर्न विदेशमन्त्री टिलरसन बेइजिङ पुगेका हुन ।

 

उनले चिनियां राष्ट्रपति सी जिनपिङसहित अन्य चिनियां अधिकारीहरुंँग भेटवार्ता गरेका छन् । भेटमा दुई देशको सम्बन्ध र उत्तर कोरियालगायतका विषमा छलफल भएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।