सीको निमन्त्रणामा उत्तर कोरियाली नेता किम बेइजिङमा

सीको निमन्त्रणामा उत्तर कोरियाली नेता किम बेइजिङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चीनको भ्रमण गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको अनौपचारिक भ्रमणका लागि किम मार्च २५(आइतबार) बेइजिङ आएको चिनियाँ सञ्चार माध्यामले जनाएका छन् । मंगलबार मात्रै जापानिज सञ्चार माध्यामले किम बेइजिङ आएको दाबी गर्दै खबर दिएका थिए ।

खबर अनुसार बेइजिङको ग्रेटहलमा सी र किमले भेटवार्ता गरेको बताइएको छ । सी र उनकी पत्नी पेङ लियुनले किम र उनकी पत्नी ‘री सोल जु’लालाई स्वागत गरी बैंक्वट संयुक्त रुपमा साँस्कृतिक कार्यक्रम हेरेका थिए । यी कार्यक्रमहरुमा चिनियाँ (प्रिमियर)प्रधानमन्त्री, उप–राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका नेताहरुको सहभागिता रहेको चिनियाँ सञ्चार माध्यामले खबर दिएका छन् ।

भेटका क्रममा किमले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र चिनियाँ राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वा्चित भएकोमा सीलाई बधाई दिएका थिए । सीले चीन र उत्तर कोरियाका अघिल्लो पुस्ताका नेताले दुई देश र दुई पार्टी बीच स्थापित गरेको मित्रताले दुवै पक्षलाई फाइदा पुगेको स्मरण गरेका थिए।

समान आदर्श भएका दुई देश बीचको सम्बन्धले, अन्तराष्ट्रिय जगतमा एक राम्रो कथाको विकास गराएको भन्दै सीले दुई देशको सम्बन्धको सुदृढ रुपमा पछिसम्म रहिरहनु पर्ने बताए । उत्तर कोरियासँग राम्रो सम्बन्ध बनाई राख्नुमा चीन सरकारको ठूलो मूल्य रहेको भन्दै सीले दुई देश बीच दीर्घकालीन र स्वस्थ सम्बन्ध स्थापित गर्नु नै चीन सरकारको मूल आकांक्षा रहेको दाबी गरे ।

दुबै देशलाई फाइदा पुग्ने गरी क्षेत्रीय शान्ति, स्थीरता र विकासका लागि उत्तर कोरियासँग मिलेर अघि बढ्न बताएका थिए । सन् २०११ मा उत्तर कोरियाको सत्तामा आशिन भएपछि किमको यो नै पहिलो विदेश भ्रमण हो । परमाणु हतियार उत्पादन गरेको भन्दै वर्षाैदेखि संयुक्त राष्ट्रसंघको नाकाबन्दी सामना गर्दै आएको उत्तर कोरियाले मेमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय गरेका छन् । अन्नपूर्णपाेस्ट्मा खबर छ ।