नर्भिकमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार

नर्भिकमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार


काठमाण्डु – नर्भिक इन्टरनेश्नल अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ।

नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो।

तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला उक्त रोग पहिचान भएको थियो । यसअघि, भारतको नारायण अस्पताल पुगेका पौडेललाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो ।

नेपाल फर्केपछि नर्भिक अस्पताल परीक्षण गर्दा उनको कलेजो प्रत्यारोपणको साटो टिप्स/डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टाेसिस्टमेटिक शन्ट) मार्फत् सजिलै उपचार गर्न सकिने देखिएको थियो ।

उपचारपछि तिम्सिना शनिबार डिस्चार्ज भइसकेका छन् । नर्भिकले यसलाई नेपालकै पहिलो ‘बड चियारी सिन्ड्रोम’को सफल उपचारको भएको दाबी गरेको छ । यो उपचारले नेपालमै जटिल कलेजो रोगहरूको उपचार सम्भव भएको अस्पतालको भनाइ छ ।

बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरूमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो । यसले पेटमा पानी जम्ने (असाइटिस) र अन्य जटिल समस्या उत्पन्न गर्छ ।