जमुनाहा प्रहरीदेखि भन्सार प्रमुखको मिलेमतोमा चिनीको थैलामा कपडा तस्करी ?

जमुनाहा प्रहरीदेखि भन्सार प्रमुखको मिलेमतोमा चिनीको थैलामा कपडा तस्करी ?


उदय सिंह श्रेष्ठ

नेपालगन्ज- नेपाल सरकारले भण्डारण गरि राखेको चिनी बिक्री वितरण गर्ने उद्देश्यका साथ चिनी आयातमा रोक लगाएकोमा भन्सार प्रमुखको निस्क्रियताका कारण दैनिक हजारौ केजी भन्सार नै नगराई चिनी आयात भईरहेकोमा हिजोआज तस्करहरूले चिनीको थैलामा कपडा तस्करी भएको खुलासा भएको छ ।

नेपाल- भारत बोर्डर नजिकको बजारबाट नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको चिनीको थैलामा व्यापाक रूपमा कपडा तस्करी हुन थालेको प्रमाण अहिले बाहिर आएको छ ।

बिहीबार सॉझ ५ किलोको चिनीको ६-७ थैलाभित्र लुकाई कपडा तस्करी गर्न लागेकोमा मिडियाको उपस्थिती भएको कारण भन्सार मुल गेटमा खटिएका भन्सारका कार्यालय सहायक, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले बरामद गर्न सफल भएको हो ।

नेपाल-भारत बोर्डर नजिक नेपाल प्रहरीको जमुनाहा इलाका प्रहरी कार्यालय र भन्सार कार्यालयको यात्रु शाखा चेकजॉच पोस्ट भएता पनि यसरी चिनीको थैलामा कपडा तस्करीको बिषयमा थाहा नहुनु तथा चेकजॉचमा लापरवाही वा मिलेमतोमा तस्करी भईरहेको बताइएको छ ।

नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौला जो नियम कानुनका कुरा गर्न माहिर भएतापनि नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको चिनीलाई खुलेआम आयात गर्न दिनुको साथै यस्ता तस्करी रोक्न कुनै पहल गर्न सक्षम नभएको टिकाटिप्पणी हुन थालेको छ । केही दिन पुर्व बॉके निरिक्षण गर्न राजस्व सचिव लाल शंकर घिमिरे आएपश्चात हिजोआज खुलेआम तस्करी बढेको स्थानिय विज्ञहरूको भनाई पाइएको छ ।

यसैगरी बोर्डर नजिक रहेको एक यातायात समितिसंग मासिक हप्ता रू. ४५ हजार असुली र बॉके जिल्ला एसपी अरूण पौडेलको कडा आदेश भएता पनि मिसावट अखाध्य खाने तेल खुलेआम आयात गर्न दिएको बिषयमा विभिन्न मिडिया दैनिक रूपमा सार्वजनिक हुँदा पनि जमुनाहा इलाका प्रहरी कार्यालयका इन्चार्ज बसन्त बस्नेतलाई सोधपुछ समेत नगर्नाले अहिले जनमानसमा आशंका र आश्चर्यचकित बनाएको छ ।