नेपालगञ्ज कपः लुम्बिनी यात्रीज र एनआईसी गोर्खाज विजयी

नेपालगञ्ज कपः लुम्बिनी यात्रीज र एनआईसी गोर्खाज विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आर्शिवाद पेन्ट्स नेपालगञ्ज कपको छैठौ दिन शनिवार एबरोल टी एमटी लुम्बिनी यात्रीज र एनआईसी एसिया दंगाली गोर्खाज विजयी भएका छन्।

आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई हराउँदै लुम्बिनीले लगातार आफनो तेस्रो खेलमा तेस्रो जित निकालेको हो।

प्रतियोगितामा कुनै पनि जित दर्ता नगरेको यात्रीजले ४ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिंग रोजेको पाल्पा योद्याजले २० ओभर पुरा खेल्दै ४ विकेटके क्षतिमा १४४ रन बनाएको थियो । जसका लागि ओपनर रित गौतम र अनुपम सिंहले राम्रो सुरुवात गरेका थिए। रीत गौतमले ३२ रन तथा अनुपम सिंहले १० रन बनाएका थिए।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका पाल्पाका उप कप्तान प्रनित थापा मगरले २८ बल खेल्दै अर्र्धशतक बनाएका थिए।

त्यस्तै दिपेन्द्र रावत पाल्पाका कप्तान सिद्दान्त राज शाहीले समान २० रन बनाएका थिए। एबरोल लुम्बिनी यात्रीजका लागि कुशल मल्ल र निजामुद्दिन हल्वाईले समान १–१ विकेट लिएका थिए।

१ सय ४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीले १८.२ ओभरमा ६ विकेट गुमाउदै जित दर्ता गरेको थियो।
लुम्बिनीका लागि ओपनर आदिल खानले २१ बलमा ३५ रन,विशाल खत्रीले २९ रन र कुशल मल्लले १८ रनको योगदान दिएका थिए।

त्यस्तै पाचौ नम्बरमा ब्याटिंग गर्न आएका बासिर अहमदले १४ बल खेल्दै ३१ रन बनाउदै टिमलाई जित दिलाएका थिए। त्यस्तै आठौ नम्बरमा आएका निजामुद्दिन हल्वाईले ४ बलमा १२ रन बनाएका थिए। एबरोल टि एम टी लुम्बिनी यात्रीजका बासिर अहमद म्यान अफ द म्याच घोषित भए।

शनिवार नै भएको दोस्रो खेलमा एन आई सि एसिया दंगाली गोर्खाजले जिसान बांके ब्लास्टर माथि ७ विकेटको जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरले निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेटको क्षति १३२ रन जोडेको थियो।

बाँकेका लागि विशाल के.सिले २४ बलमा ३९ रन बनाए भने रोमन बलमे २९ रन तथा महेश क्षेत्रीले २६ रन बनाए । एन आई सि एसिया दंगाली गोर्खाजका लागि कप्तान संदीप सुनारले २ विकेट लिए ।

१३३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको एन आई सि एसिया दंगाली गोर्खाजले १८ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको हो । दंगाली गोर्खाजका लागि आक्रमक ब्याटिंग गर्दै हरि क्षेत्रीले मात्र १५ बलमा ४२ रन बनाए ।

त्यस्तै मनोज सुनारले ३९ बल खेल्दै ३९ रन र सदाम अन्सारीले २० बलमा २८ रन बनाए । एन आई सि एसिया दंगाली गोर्खाजका हरि क्षेत्री म्यान अफ द म्याच घोषित भए । आर्शिवाद पेन्ट्स नेपालगन्ज कपमा ६ वटा टिम रहेका छन् ।

जस अन्तर्गत शीर्ष स्थामा ४ खेलमा ३ जित दर्ता गर्दै पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज पहिलो स्थानमा रहेको छ भने ४ खेलमा ३ जित संगै एन आई सि एसिया दंगाली गोर्खाज रहेको छ ।

त्यसै गरि तेस्रो स्थानमा ३ खेलमा ३ जित दर्ता गर्दै एबरोल टी एम टि लुम्बिनी यात्रीज र चौथो स्थानमा अर्घाखाची सिम्न्ट्स बर्दिया टाईर्गस,पाचौ स्थानमा जिसान बांके ब्लास्टर र पुछारमा आर्शिवाद पेन्ट्स पाल्पा योद्याज रहेका छन् ।

आईतवार हुने खेल एबरोल टी एम टी लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच र अर्घाखाची सिमेन्टस बर्दिया टाईर्गस र जिसान बांके ब्लास्टर बिच हुने आयोजकले जनाएको छ।