नेपालगञ्ज कप टी–२० प्रतियोगिता: गोर्खाज र रोल्पा विजयी

नेपालगञ्ज कप टी–२० प्रतियोगिता: गोर्खाज र रोल्पा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज: आशिर्वाद पेन्ट्स नेपालगञ्ज कप टी–२० प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन्।

पहिलो खेलमा गोर्खाजले अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले तथा दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई १९ रनले पाखा लगाएका हुन्।

पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १ सय ३० रनको लक्ष्य एनआईसी एसिया दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर भेट्टायो।

प्रतियोगितामा एनआईसी एसिया दंगाली गोर्खाजले हात पारेको ३ खेलमा यो दोश्रो जित हो भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ।

१ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गरेका मनोज सुनारले ५० रन बनाए।  ३४ बलको इनिंगमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। उनी खेलको प्लेयर अफ द म्याच समेत चुनिए। मनोजले अर्का ओपनर सन्दिप सुनारसंग पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए।

सन्दिप २९ रन बनाएर आउट भए जुन क्रममा १७ बलमा ४ चौका र २ छक्का हिर्काए। सन्दिप र मनोजको विकेट पछि विनायक गिरि र अमर सिंह रौटेलाले तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरे।अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए।

बलिंगतर्फ अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्सका आकाश बिस्ट र अविनाश बोहराले १–१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। अर्घाखाची सिमेन्ट्स बर्दिया टार्ईर्गसले खराब स्थितिमा सुरुवात गरेको सातौ विकेटको लागि अविनाश बोहरा र आकाश विष्टले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १२९ पुर्याएका थिए।

आकाश बिस्टले २५ रन बनाए जुन क्रममा १५ बलमा २ छक्का र १ चौका हिर्काए भने अविनाश बोहराले ९ बलमा २ छक्का मदतले अविजित १५ रन बनाए।

यसअघि राजबिर सिंहले २८ रन, भरत थापाले १६, नबिन ओलीले १७ रन तथा कप्तान सुबेन्दु पाण्डेले १२ रन योगदान दिए। एन आई सि एसिया दंगाली गोर्खाजका बलर बिष्णु कटारिया र अमर सिंह रौटेलाले समान २,२ विकेट हात पारे। यस्तै अनिल खरेल, शहिद अन्सारी र सागर ढकालले समान १,१ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच मनोज सुनार घोषित भए।

त्यस्तै शुक्रवार नै भएको दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई १९ रनले जितेको छ।

टस हारेर ब्याटिंग गरेको पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्ल्लाजले १९.१ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाउन सक्यो।

ओपनिंग ब्याटिंग गरेका कप्तान सौरभ खनालले अन्तिम विकेटको रुपमा आउट हुनु अघि ४८ रनको इनिंग खेले।  जुन क्रममा उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। समसुद्दिन अन्सारीले १३ रन र आकाश थापाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाल्पा योद्दाजका बलर सिद्धान्त राज शाहीले सर्वा्धिक ३ विकेट लिए भने विजय चौधरी र दिपेन्द्र रावतले २,२ विकेट लिए। सिद्धान्तले ४ ओभरमा १ मेडन ओभर सहित मात्र १९ रन खर्चिए।

पाल्पालाई सस्तोमै समेट्न रोल्पाका बलर बिनोद लामाले ३ विकेट हात पारे जुन क्रममा ३.१ ओभरमा १३ रन मात्रै खर्चिए। नन्दन यादब र बसन्त कार्कीले समान २–२ विकेट लिए।

पाल्पा योद्याजका ब्याट्सम्यान प्रकाश केसीले सर्वा्धिक २० रन, प्रनित थापाले १५, भिम धमलाले १३ रन तथा रित गौतमले ११ रन योगदान दिए। रोल्पा गोरिल्लाजले पहिले ब्याटिंग गर्दै दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा पाल्पा योद्दाजले १६.१ ओभरमा सबै विकेट गुमाउदै ८८ रन मात्रै बनाउन सक्यो।

खेलको प्लेयर अफ द म्याच रोल्पा गोरिल्लाजका बिनोद लामा घोषित भए।शनिवार हुने पहिलो खेल एबरोल टी एम टी लुम्बिनी यात्रीज र आर्शिवाद पेन्ट्स पाल्पा योद्याज र त्यसै गरि दोस्रो खेल जिसान बांके ब्लास्टर र एन आई सि एसिया दंगाली गोर्खाजबीच हुनेछ।