काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण गर्न भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्टसले इच्छा देखाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको एनपिएल पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्टस् नेटवर्क इच्छुक देखिएको स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकले जनाएको छ ।
खेल प्रसारणका लागि स्टार स्पोर्टससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ ।
आठ टिम सहभागी लिग १५ मंसिरमा सुरु भएर ६ पुसमा समाप्त हुनेछ ।
प्रतिक्रिया