काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
सुदूरपश्चिमले आज जनकपुरलाई हराए नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ । दुईबीचको खेल शीर्ष स्थानको लडाई पनि हुने भएकाले आजको खेल रोमाञ्चक हुने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । एनपीएलमा अहिलेसम्म १७ वटा खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ ।
यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । तीन खेल खेलेको काठमाडौंले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।
प्रतिक्रिया