नेपाल प्रिमियर लिग : ललित राजवंशी र प्रतिस जीसि १५ लाखमा बिके

नेपाल प्रिमियर लिग : ललित राजवंशी र प्रतिस जीसि १५ लाखमा बिके


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी उच्च  मूल्यमा बिक्री भएका छन् ।

८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो ।

ए क्याटेगोरीमा रहेका राजवंशीको बेस प्राइस १० लाख थियो । तर, उनलाई सबै ८ वटै टीमले १५ लाख रुपैयाँ हाल्न तयार भए पनि गोलाप्रथाबाट निर्णय गरिएको थियो । गोलाप्रथामा जाँदा काठमाडौंले भने हात झिकेको थियो ।

यस्तै प्रतिस जीसिलाई विराटनगर किङ्सले १५ लाख रुपैयाँमा किन्यो भने सूर्य तामाङलाई लुम्बिनीले १५ लाखमै लियो । चितवन राइनोजले रिजन ढकाललाई १० लाखमा किन्यो भने, जनकपुर बोल्ट्सले रुपेशकुमार सिंहलाई १० लाखमा किन्यो ।

यस्तै लोकश बम १५ लाखमा विराटनगर किंग्समा अनुबन्ध भए भने १० लाखमा साहब आलम काठमाडौंमा, सागर ढकाल १५ लाखमा पोखरामा, किरण ठंगुन्ना १० लाखमा पोखरामा, विवेक यादव १५ लाखमा लुम्बिनीमा आवद्ध भए ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।