एनपीएलमा काठमान्डुले खोल्यो खाता, कर्णाली ३ विकेटले पराजित

एनपीएलमा काठमान्डुले खोल्यो खाता, कर्णाली ३ विकेटले पराजित


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं खेलमा काठमान्डु गुर्खाजले जित हात पारेको छ ।कर्णाली याक्सलाई ३ विकेटले हराउँदै काठमान्डुले सिजनको पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १९.३ ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो । काठमान्डुका कप्तान करण केसीले सर्वाधिक २८ रन र सुमित महर्जन ४० रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।

कणालीका लागि शिखर धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे । जिसान मक्सुद अविजित १४, चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २,अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमान्डुका जेरार्ड एरासमसले २ र करण केसी, नाथन सोटर र दिपेश कँडेलले समा १–१ विकेट लिए ।