एनपीएल : सुदूरपश्चिमबाट जनकपुरले पायो १२४ रनको लक्ष्य

एनपीएल : सुदूरपश्चिमबाट जनकपुरले पायो १२४ रनको लक्ष्य


काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहान भएको खेलमा जनकपुर बोल्टले जितका लागि १२४ रनको लक्ष्य पाएको छ । टीयू क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले ९ विकेटको क्षतिमा १२३ रन बनाएपछि जनकपुरले जितका लागि १२४ रनको लक्ष्य पाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए ।

जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई, दुई तथा हर्श ठाकरले एक विकेट लिए ।