पुनर्निर्माणमा बेलायतको चासो, बेलायती सांसदहरूले भेटे प्राधिकरणका सीइओलाई

पुनर्निर्माणमा बेलायतको चासो, बेलायती सांसदहरूले भेटे प्राधिकरणका सीइओलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको टोलीसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा अन्य उच्च अधिकारीहरुले छलफल गरेका छन्।

बेलायती संसदका सदस्य नाइजल इभान्सको नेतृत्वको सात सदस्यीय संसदीय टोलीसँग प्राधिकरणका अधिकारीहरुले भूकम्पपछिको पुनर्निर्माणका विभिन्न पक्षबारे अन्तरक्रिया गरेका हुन्।

बेलायती सांसदहरुले छलफलका क्रममा पुनर्निर्माणमा बैदेशिक सहायतको अवस्था तथा परिचालन, पुरातात्विक सम्पदाको पुनर्निर्माण तथा भूकम्प प्रभावितहरुको गुनासो सम्बोधनको प्रक्रिया बारे जिज्ञासा राखेका थिए।

उनीहरुले पुनर्निर्माण गर्ने घरको मापदण्ड, पुनर्निर्माणमा देशबाहिर रहेका नेपालीहरुको योगदान आदिबारे पनि जिज्ञासा राखेका थिए।

प्रमुख कार्यकारी अधिकृत भूसाल पुनर्निर्माणको पछिल्लो अवस्था, पुनर्निर्माणबाट प्राप्त सिकाइ तथा त्यस क्रममा देखिएका चुनौती बारे जानकारी गराउँदै नेपालमा पुनर्निर्माणमा बेलायत सरकार तथा बेलायती जनताले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।

अन्तरक्रियामा प्राधिकरणका प्रवक्ता यमलाल भुुसाल र सहप्रवक्ता डा. भीष्मकुमार भूसालको पनि सहभागिता थियो।  बेलायती सांसदहरुको टोली नेपालको संघीय संसदको निमन्त्रणामा वैशाख २३ गते नेपालको सद्भावना भ्रमणमा आएको हो।