युरोपेली कमिसनका महानिर्देशक र न्युजिल्याण्डकी राजदूतद्वारा नेपालको पुनर्निर्माणको प्रशंसा

युरोपेली कमिसनका महानिर्देशक र न्युजिल्याण्डकी राजदूतद्वारा नेपालको पुनर्निर्माणको प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरी भूकम्पपछि भइरहेको पुनर्निर्माण अवस्थाबारे जिज्ञासा राखेका छन्।

बुधबार प्राधिकरण कार्यालयमा भएका छुट्टाछुट्टै भेटमायुरोपेली कमिसनकाभिरियु रन्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी निजी आवास तथा विद्यालय भवनहरुको पुनर्निर्माणका बारेमा जिज्ञासा राखे।

प्रमुख कार्यकारी अधिकृत भूसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनहरुको पुनर्निर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराए। उनले आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य लिइएको र प्राधिकरणलाई दिइएको समयभित्र पुनर्निर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने पनि उल्लेख गरे।

युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक भिरियु र राजदूत केम्पकर्सले साधनस्रोतको सीमितता तथा संक्रमणकालका बाबजूद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएकोमा प्राधिकरणको प्रशंसा गरे।

प्रमुख कार्यकारी अधिकृत भूसालले पुनर्निर्माणमा युरोपेली युनियन र न्यूजिल्याण्डले पु¥याएको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गरे।