दोस्रो किस्ता वितरण जारी राख्न पुनर्निर्माण प्राधिकरणको निर्देशन

दोस्रो किस्ता वितरण जारी राख्न पुनर्निर्माण प्राधिकरणको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीहरुलाई दोस्रो किस्ता वितरण जारी राख्न मातहत र सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

दोस्रो किस्ता लिने समयसीमा यही असार मसान्तसम्म रहेकोले केही जिल्लामा दोस्रो किस्ता वितरणमा अन्योल बढेको समाचार आएपछि प्राधिकरणले किस्ताका लागि सिफारिस तथा निरीक्षण नरोक्न परिपत्र गरेको हो ।

पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले यसअघि तोकिएको म्यादकै कारण दोस्रो किस्ता रोक्नु नपर्ने सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए।

“पहिलो किस्ता लिई मापदण्डअनुसार घर बनाउन सुरु गरेका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन दिएमा निरीक्षण गरी सिफारिस जारी राख्न अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एवं भवनका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरु तथा सम्बन्धित स्थानीय तहका अधिकारीहरु र स्थानीय तहमा खटिएका प्राविधिकहरुलाई भनिसकिएको छ,” उनले भने।

सहप्रवक्ता घिमिरेले म्यादकै कारण कुनै द्धिविधा नमानी घर पुनर्निर्माण जारी राख्न र पहिलो किस्ता लिएर सुरु गरिनसकेको भए सुरु गरी किस्ता लिन लाभग्राहीहरुलाई आग्रह पनि गर्नु भएको छ ।

२०७४ चैत्र २० मा प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले २०७५ असार मसान्तसम्म दोस्रो र २०७५ पुस मसान्तसम्म तेस्रो किस्ता लिने समयसीमा तोकेको थियो ।