एनएसएलमा ललितपुर र झापा खेल्दै

एनएसएलमा ललितपुर र झापा खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बुधबार ललितपुर सिटी एफसी र झापा एफसी खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

दुवै टिमको यो अन्तिम लिग खेल हो । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५ खेलबाट ४ अंक मात्र छ र छैटौं स्थानमा छ ।

साविक विजेता ललितपुरले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने पक्का भइसकेको छ ।

अर्कोतर्फ झापा एफसी भने प्लेअफ होडबाट बाहिरिसकेको छ । मंगलबार पोखरा थण्डर्सले बुटवल लुम्बिनीलाई हराएपछि झापा अन्तिम लिग खेल्नुअघि नै बाहिरिएको हो । झापाको अब सान्त्वना जितसहित लिग टुङ्गाउने योजनामा छ ।