नेपाल सुपर लिग : फाइनलमा पुग्न पोखरा र धनगढी खेल्दै

नेपाल सुपर लिग : फाइनलमा पुग्न पोखरा र धनगढी खेल्दै

चर्चित फुटबलर कार्लोस दशरथ रङ्गशाला जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न बुधबार पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

आइतवार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो । त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो । बुधबारको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिवार खेल्नेछ ।

यसैबीच खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस दशरथ रङ्गशाला जाने भएका छन् । कार्लोस मंगलबार काठमाण्डु आइपुगेका हुन् ।