यस्तो छ एनएसएलको ट्रफी

यस्तो छ एनएसएलको ट्रफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) कोे ट्रफी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको छ।

नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा १६ चैतदेखि १३ वैशाखसम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको ट्रफी पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखरा रंगशालामा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गरेसँगै पोखराका पाँच स्थानमा प्रदर्शन गरिएको थियो।

रंगशालामा मन्त्री थापाले अनावरण गरेको ट्रफी पोखरा पुम्दीकोटस्थित विशाल महादेव मन्दिर, विश्व शान्ति स्तूपा, पोखरा रंगशाला, बेगनास ताल र एनसेल सेन्टरमा प्रदर्शन गरिएको थियो।

पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाका अनुसार ट्रफी आइतबार फेवाताल र बिन्ध्यवासिनी मन्दिरमा प्रदर्शन गरेर काठमाडौं लगिनेछ।

पोखरामा अनावरण एवं प्रदर्शनअघि उक्त ट्रफी धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शन गरिएको थियो । पोखरा हुँदै ट्रफीलाई ललितपुर र काठमाडौंमा प्रदर्शन गरिनेछ।

एनएसएलमा पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, बुटवल–लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, चितवन एफसी गरी सात टोलीले प्रतिस्पर्धा गर्दै छन्। एनएसएलको पहिलो संस्करण ललितपुर सिटी एफसी र दोस्रो संस्करण काठमाडौं रेजर्सले हात पारेका थिए। १६ चैतमा हुने उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्नेछन्।