दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने


काठमाण्डु – बडादशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार विजयादशमीको टीकाको दिन सार्वजनिक बिदा परेकाले त्यसदिनबाहेक सबैदिन कार्यालय आधा समय खुल्नेछ ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुनेछ ।

विभागको अत्यावश्यक सेवाका रूपमा रहेको पर्वतारोहण अनुमतिलाई निरन्तरता दिइने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्तयाममा दशैंमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ ।

सार्वजनिक बिदाको दिन समेत विभागको काम यथावत् रहने जनाइएको छ ।

दशैं लगायत महत्त्वपूर्ण चाडपर्वसँगै पर्यटकीययाम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।