तीजको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

तीजको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन र तीज पर्वको अवसरमा अफर ल्याएको छ।

 

टेलिकमको अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन्।

 

टेलिकमका अनुसार युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त गर्न सकिने छ। प्याकेज २१ दिनको रहनेछ।
यसैगरी, ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ।

 

डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ। प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ।

 

यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुने जनाइएको छ। यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ। डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ।

 

युट्युब डाटा प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा SMS पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि PACK150 वा PACK250 लेखेर १४१५ मा SMS पठाउनु पर्छ । 

 

यी सबै अफर भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ।