काठमाण्डु – न्याय सेवा आयोगले सरकारी वकिल समूहअन्तर्गत २० कर्मचारीको सरुवा सिफारिस गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले १० सहसचिव र १० उपसचिवको सरुवा सिफारिस गरेको हो ।
महान्यायाधिवक्ताको कार्यालय काठमाण्डुका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई आयोगले उच्च सरकारी वकिल कार्यालय विराटनगर सरुवा सिफारिस गरेको छ ।
उच्च सरकारी वकिल कार्यालय बागलुङका सहन्यायाधिवक्ता राजनराज घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय जनकपुर सरुवा सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची –
प्रतिक्रिया