सार्वजनिक निकायले यी ८ प्रकारका वस्तु स्वदेशी नै प्रयोग गर्नुपर्ने (सूचीसहित)

सार्वजनिक निकायले यी ८ प्रकारका वस्तु स्वदेशी नै प्रयोग गर्नुपर्ने (सूचीसहित)


काठमाण्डु – सार्वजनिक निकायले ८ प्रकारका वस्तु नेपालमा उत्पादित स्वदेशी नै प्रयोग गर्नुपर्ने भएको छ ।

सोमबार राजपत्रमा प्रकाशित भएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ मा कर्मचारीका पोशाकदेखि सजावटका सामग्री नेपाली हुनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक निकायले निर्देशिका बमोजिम स्वदेशी वस्तुको खरिद वा प्रयोग गरे वा नगरेको मन्त्रालयले त्रैमासिक रुपमा निरीक्षण गर्नुपर्नेछ । सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक प्रयोग गर्नुपर्नेछ ।

सार्वजनिक निकायका प्रदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नुपर्नेछ । सरकारी कार्यालयले स्टेसनरी, छपाइ सम्बन्धी वस्तु नेपाली प्रयोग गर्नुपर्नेछ, जसमा नेपाली हाते कागज, ब्राउन पेपर, डटपेन, पेन्सिल, खाम, रजिष्टर, टिस्युपेपर, डायरी, कामी, फाइ, व्याग, दोसल्ला, सल लगायत वस्तु नेपाली हुनुपर्नेछ ।

तयारी पोशाक र कोसेली तथा उपहार नेपाली वस्तु हुनुपर्नेछ । अल्लो, केतकी, बाँस, केराको रेसा लगायत स्थानीय कच्चा पदार्थबाट निर्मित कपडा, ऊनबाट निर्मित वस्तु, ढाका, पस्मिना, जुटबाट उत्पादिन सामग्री प्रयोग गर्नुपर्नेछ । सम्मेलनमा प्रयोग हुने ब्याग, ब्याच तथा अन्य सामग्री हस्तकला, काष्ठकला, मूर्तिकलाका वस्तु प्रयोग गर्नुपर्नेछ ।

फर्निचर, फर्निसिङ, सरसफार्य, फ्लोरिकल्चर, साजसज्जाका वस्तु पनि नेपाली उत्पादन हुनुपर्नेछ । काठबाट निर्मित फर्निचर, प्लाइउड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसो तथा निगालोबाट तयार सामान, गलैचा, कार्पेट, मेट्रेस नेपाली हुनुपर्नेछ ।

सरसफाइमा प्रयोग हुने झोल तथा केमिकल, साबुन, सर्फ, स्याम्पो, कुचो, डस्बिन, ट्यालेट पेपर, पुष्पमाला नेपाली हुनुपर्नेछ । मशिनरीमा तथा उपकरणमा ६३ एमभीएसम्मका ट्रान्सपरमर, लघु तथा साना जलविद्युत् आयोजना २ मेगावाटसम्मका लागि आवश्यक सामग्री, कम्प्युटर सफ्टवेयर, सुक्का ब्याट्री नेपाली हुनुपर्नेछ ।

हेर्नुहोस् सूची –