एक महिनादेखि हराएका अधिकृत पौडेलको शव भेटियो

एक महिनादेखि हराएका अधिकृत पौडेलको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाका कार्यरत अधिकृत ओमराज पौडेलको शव सेती नदी किनारमा भेटिएको छ । असार ९ गते बिहानैबाट हराएका अधिकृत पौडेलको शव तनहुंस्थित सेती नदी किनार भीमादमा भेटिएको हो ।

२१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीले उनको शव भेटिएको जानकारी दिएलगत्तै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए ।

नेपाल प्रहरीले यसअघि अधिकृत पौडेलले सेती नदीमा हाम फालेको निश्कर्ष निकालेको थियो । पौडेलको आत्महत्याको कारण भने खुल्न सकेको छैन् ।