बालकृष्ण ढुंगेल कानुन अनुसार रिहा, कांग्रेसकाे विराेधकाे कुनै अर्थ छैन : प्रधानमन्त्री ओली

बालकृष्ण ढुंगेल कानुन अनुसार रिहा, कांग्रेसकाे विराेधकाे कुनै अर्थ छैन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेलको रिहाइका बिषयमा कांग्रेसले गरेको आपत्तिको कुनै अर्थ नरहेको बताए। “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान,नियम कानुन अनुसार अरु कैदीहरु जसरी छुट्छन् ,बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो, ” उनले भने,  “यस बिषयमा काँग्रेसको आलोचना कानुन सम्मत छैन।” प्रधानमन्त्ती ओलीले कांग्रेसलाई खुद्रा,त्यान्द्रा समाएर राजनीति नगर्न सुझाए।

नेपालको शान्ती प्रक्रिया दुंनियाका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित मोडल नभइ आफैले सृजना गरेको मोडल भएको बताए ।

सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ। वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले बजेटमा कृषि,उद्योग,ब्यापार लगायतका क्षेत्रमा युगान्त्कारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताए।

कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई बजेट पुन अध्ययन गर्न,नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसंग सोध्न पनि आग्रह गरे।

 “नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ ” प्रधानमन्त्री ओलीले भने, “हाम्रो संसदीय दल समय गुजारेर,अलमलिएर बस्ने पल्टन होइन । सधैं क्रियाशिल भइरहनुपर्दछ।”

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम केही दिनमै सरकारमा सहभागी हुने बताए।