काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिउसो थाइल्याण्ड जादैछन् । उनि निकट स्रोतकाअनुसार ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज दिउसो थाइल्याण्डको राजधानी बैंकक जान लागेका हुन् । ओली पत्नी राधिका शाक्य र स्वकिय सचिव राजेश बज्राचार्यसहित बैंकक जान लागेको स्रोतले बतायो ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओली आज साढे १२ बजे थाइ एयरको विमानबाट बैंकक जादैछन् । ओली करिव एक साता बैंककमा बस्ने कार्यक्रम छ । उनले प्रत्येक ६ महिनामा बैंककमा स्वास्थ्य जांच गराउंदै आएका छन् ।
बैकंकमा बस्दा चिनिया अधिकारीसंग ओलीको भेटवार्ता हुने उनि निकट स्रोतले बताएको छ । पछिल्लो समय चिनियासंग वार्ता गर्न ओली बैकंक पुग्ने गरेका छन् । उनी केही समयअघि चीनको मानसरोवर समेत पुगेका थिए ।
प्रतिक्रिया