एमाले अध्यक्ष ओली बिहीबार मात्रै स्वदेश फर्कने

एमाले अध्यक्ष ओली बिहीबार मात्रै स्वदेश फर्कने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माघ ४ गते स्वदेश फर्कने भएका छन् ।  लामो समयदेखी मृगौला पिडीत रहेका ओलीले एक वर्षदेखी थाइल्याण्डको राजधानी बैंककस्थित बुमरुङगार्ड अस्पतालमा उपचार गर्दै आएका छन् ।

 

 

ओली पुष २६ मा डाक्टरको सल्लाहअनुसार थप उपचारका लागी बैंकक गएका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका ओली हाल उपचारपश्चात बैंककमा नै आराम गरिरहेका छन् । उनले बैंककमा रहदा कुटनितिक भेटघाट समेत गरेको स्रोतको दाबी छ ।

 

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले आगामी विहिवार ओलीको स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।