काठमाण्डु–चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका लागि औपचारिक निम्तो पढाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री ली छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो पढाएका हुन् ।
बुधबार अपरान्ह राजदूत छनले परराष्ट्र सचिव सेवा लम्सालमार्फत प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयले १७–२१ मंसिर (२–६ डिसेम्बर)का लागि भ्रमणको तयारी सुरु गरेको छ।
प्रतिक्रिया