काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच आज (मंगलबार) बिहान ११ बजे बालुवाटारमा भेटवार्ता भएको हो।
भेटवार्तापछि दुई दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ। भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया