काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको उनको निजी सचिवालयले जनाएको छ । रुघाखोकी तथा ज्वरो आएका कारण नेकपाले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सामेल नभएपछि चिन्ता लिईएको थियो ।
उनको स्वास्थ्यमा सुधार आएसँगै आइतबार दिउँसो तीनबजेपछि मन्त्रीपरिषदको बैठक बस्ने तय भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने गरेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री अस्वस्थ भएकाले प्रधानमन्त्री निवासमा सारिएको हो।
शुक्रबारको बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएको थियो। रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्।
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाएका हुन्।
प्रतिक्रिया