चिकित्सा शिक्षा सुधारका लागि डा. केसीलाई प्रधानमन्त्रीको यस्तो प्रस्ताव

चिकित्सा शिक्षा सुधारका लागि डा. केसीलाई प्रधानमन्त्रीको यस्तो प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा विधेयक ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली डा. गोविन्द केसीबीच शनिबार बालुवाटारमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र डा. केसीबीच डेढ घण्टा लामो वार्ता भएको हो।

भेटमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विद्येयक संसदबाट पारित हुने बताए। ‘संसदले जे गर्छ, त्यही हुन्छ,’ उनले भने। प्रम ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा केसीलाई प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य चिकित्सक र प्रशासकहरु रहेको केसीले वताए। ‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य ब्यक्तिहरु धेरै हुनुहुन्छ’ केसीले भने।

प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको बताए।

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सिमित रहनु पर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताए।

‘जनतालाई कसरी सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ, कसरी सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरामा तपाईंसँग भएका सम्झौताको सिमामा मत्रै बस्नुपर्छ भन्ने छैन’ प्रधानमन्त्रीले भने, ‘सरकार त्यो भन्दा फराकिलो भएर जान चाहन्छ ।’

प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न केसीलाई आग्रह गरे। ‘तपाईंहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन’ प्रधानमन्त्रीले भने, ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिवद्ध छु ।’