न्यायालयमाथी खनिए प्रधानमन्त्री ओली

न्यायालयमाथी खनिए प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमाथी खनिएका छन् । एमाले र माओवादी सांसदहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारको अधिकार क्षेत्रमा न्यायालयले हस्तक्षेप गरेको आरोप लगाए । राष्ट्रियसभा सदस्यको मनोनयन रोक्न सर्वोच्चले आदेश दिएपछि प्रधानमन्त्री असन्तुष्ट छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यको नियुक्ती विधिसम्मत भएको दाबी गरे । उनले यसमा सर्वोच्चको प्रवेश नै गलत भएको बताए । ‘सरकारको सिफारीसमा राष्ट्रपतिले नियम संगत ढंगले मनोनित गर्नुभएको छ, यसमा पनि अदालतले चासो दिएर रोक्नु भन्नु राम्रो होईन ।’ ओलीले भने ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देउवा नेतृत्वको सरकारले गरेका राजदूत नियुक्तीलगायतका गलत काम नयां सरकारले सच्याउने बताए ।‘ सरकारले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने काम गर्छ, यसमा कसैले हस्तक्षेप गर्न जरुरी छैन् ।’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा राज्यका अंगहरु स्वतन्त्र बन्नुपर्ने बताए । उनले राज्यका अंगलाई तानाशाहले औजारको रुपमा मात्र प्रयोग गर्ने गरेको भन्दै कुनै पनि संवैधानिक अंग राजनीतिक पक्षधरताको औजार बन्न नहुने सुझाव दिए । माओवादी केन्द्रका अध्यक्ष्ँ प्रचण्डले शुक्रवार न्यायालयप्रती इंगित गर्दै सिस्टममा नचले महाअभियोग लगाउने चेतावनी दिएका थिए ।