राजदूत पुरी दिल्ली पुगेसँगै ओलीलार्इ मोदीको फोन: भारत भ्रमणको निम्तो

राजदूत पुरी दिल्ली पुगेसँगै ओलीलार्इ मोदीको फोन: भारत भ्रमणको निम्तो


काठमाडौं– भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिएका छन्।

 

 

निर्वाचन सम्पन्न भएको आधा महिनापछि बिहीबार मोदीले ओलीलाई फोन गरेर निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिएका हुन्।

 

 

 

भारतीय मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू स्वागत गर्न आतुर रहेको समेत बताएका छन्। नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको उनले बताए।

 

 

जवाफमा एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिए।

 

आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको ओलीले बताएका छन् ।

 

ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिए।

 

बुधबार मात्र भारतीय राजदूत मञ्जितसिंह पुरी जेट एयरको ९ डब्लु २५९ विमानमार्फत् नयाँदिल्ली प्रस्थान गरेका थिए।