राजावादीको चलखेल बढेपछि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

राजावादीको चलखेल बढेपछि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजावादीको सक्रियता र चलखेल बढेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितलनिवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ भेट भएको छ ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार पोखराबाट आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई शक्ति प्रदर्शनका साथ भव्य स्वागत गर्ने तयारी गरेको छ । यसअघि राप्रपाले विभिन्न प्रदेशमा सभा गरेको छ ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले साथ दिन आह्वान गरेपछि राजावादी सक्रिय भएका छन् । यसैबीच नेकपा माओवादी केन्द्रले तराई–मधेश केन्द्रित पार्टीको अभियानलाई स्थगित गरेर राजावादीको सक्रियताबारे छलफल थालेको छ ।