ओली र प्रचण्ड अढाइ–अढाइ वर्ष प्रधानमन्त्री बन्ने! यी हुन् सहमति हुन लागेका सात बुँदा

ओली र प्रचण्ड अढाइ–अढाइ वर्ष प्रधानमन्त्री बन्ने! यी हुन् सहमति हुन लागेका सात बुँदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टीका लागि गठन भएको संयोजना समितिको बैठक जारी छ।

ललितपुरको मानभवनमा रहेको शारदा अधिकारीको घरमा अपराह्न करिब ५ बजेबाट सुरु भएको बैठकमा एकीकृत पार्टी संयुक्त नेतृत्व प्रणालीमा अगाडि लैजानेमा दुवै पार्टीका नेताहरु सहमति नजिक पुगेका छन्।

आजको बैठकले एकताको अन्तिम खाका तयार पार्ने जनाइएको छ।

पार्टी एकताको खाका यस्तो छ
१. एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा रहने।
प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष तथा ओली प्रधानमन्त्रीसहित सेरेमोनियल अध्यक्ष रहने।

२. अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो। २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने।

३. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने।

४. एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद रहने।

५. एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवाद उन्मुख नयाँ कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने।

६. दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने। एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने।

७. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई।