ओली र प्रचण्डबीच बालुवाटारमा के कुरा भयो ?

ओली र प्रचण्डबीच बालुवाटारमा के कुरा भयो ?


काठमाडौं – आइतबार र सोमबार जस्तै मंगलबार साँझ पनि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आइतबार र सोमबारको भेट भन्दा मंगलबार साँझको भेटमा अली फरक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्ति प्रक्रियाका बाँकी विषयको टुंगो लगाउने विषयमा गम्भीर छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। सँगै देशको समृद्धिका लागि बन्द भएका र बन्द हुन लागेका उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमासमेत दुई नेताबीच छलफल भयो।

मंगलबारको भेटवार्तामा दुई पार्टीको एकताका विषयमा छलफल नगरी शान्ति प्रक्रियाका बाँकी विषय मिलाउने र समृद्धि कसरी हासिल गर्ने भन्ने सन्दर्भमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। सरकारले युद्ध सम्बन्धी मुद्दालाई बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंगो लागउने बताए पनि यस्ता आयोगको विषय नै टुंगोमा नपुग्दा मुद्दा अलपत्र छन्।

देशको समृद्धिको लागि रोजगारी सिर्जना गर्नुपर्ने र रोजगारीका लागि उद्योग घन्दा सञ्चालन गर्नुपर्ने भन्दै शीर्ष नेताले छलफल चलाएका हुन्। यस विषयमा उद्योगमन्त्री मातृका यादवले केही दिनयता सोही क्षेत्रका विज्ञसँग छलफल चलाइरहेका छन्। अन्नपूर्णमा खबर छ ।