एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने ओली र प्रचण्डबीच सहमति, यी हुन् सहमतिका ४ बुँदा

एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने ओली र प्रचण्डबीच सहमति, यी हुन् सहमतिका ४ बुँदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार दुई पटक भेटवार्ता भएको छ।

बिहीबार बिहान र दिउँसो गरी प्रधानमन्त्री निवासमा छलफल भएको हो। चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीच  चारबुँदे सहमति समेत भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उनीहरूको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिए।

यस्ताे छ सहमति

१. कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएकाले त्यसको अनुमोदनका लागि सामान्य भाषा परिमार्जन सहित एकता संयोजन समितिमा पेश गर्ने।

२. माओवादी ‘जनयुद्ध’ बारे राजनीतिक प्रतिवेदनमा जुन स्पिरिटमा उल्लेख गरिएको छ त्यही स्पिरिटमा विधानमा पनि उल्लेख गर्ने।

३. एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य नै राख्ने।

४. बराबरीको मान्यतका आधारमा कम्तिमा पनि तीन सय ७५ सम्मको एकीकृत केन्द्रीय समिति निर्माण गर्ने।