धूमबाराहीमा ओलीद्वारा प्रचण्डलाई अनि पेरिसडाँडामा ओलीलाई प्रचण्डको स्वागत

धूमबाराहीमा ओलीद्वारा प्रचण्डलाई अनि पेरिसडाँडामा ओलीलाई प्रचण्डको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले र माओवादी केन्द्र विगठन पश्चात बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन भयो। तत्कालका लागि धूमबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु हुनेछन्।

धूमबाराही पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए।

९ जना हाइकमाण्ड कमिटीसँगै ४ सय ४१ केन्द्रीय सदस्यसहित पार्टी एकीकरण भएपछि अब नेताहरु कार्यालय व्यवस्थापनमा लागेका छन्।

नेकाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ती कार्यालय निरीक्षण गरे।

धूमबाराही कार्यालयमा अध्यक्ष ओलीले प्रचण्डलाई र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष प्रचण्डले ओलीलाई स्वागत गरे। दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गरे।

दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको उनीहरुले अवलोकन गरेका थिए। त्यसअवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी थिए।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिए।