ओली–प्रचण्डबीच वार्ता, यस्तो भयो सहमति

ओली–प्रचण्डबीच वार्ता, यस्तो भयो सहमति


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डामा सहमति भएको छ।

 

शनिबारओली निवास बालकोटमा भएको भेटवार्तामा आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे सहमति भएको हो।

 

 

ओली र प्रचण्डबीच राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका विषयमा कुराकानी भएको थियो ।

 

दुई नेताबीच भएको छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको र सोमबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।