ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी, यी विषयमा हुँदैछ छलफल

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी, यी विषयमा हुँदैछ छलफल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि ओली–प्रचण्डबीच आइतबार विहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । भेटमा नेकपा केन्द्रीय कमिटीको बैठक, सभामुख–उपसभामुख निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध चयन भएपनि उपसभामुख उम्मेदवार कसलाई बनाउने भन्ने नेकपाले तय गर्न सकेको छैन । उपसभामुखका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) मुख्य रुपमा दावेदार देखिएका छन् ।

यसमध्ये प्रचण्ड उपसभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिनुपर्ने पक्षमा छन् भने ओली राजपाबाट उपसभामुख बनाउनुपर्ने पक्षमा छन् । यद्यपी, ओली–प्रचण्डबीच आजको भेटवार्तामा नेकपा केन्द्रीय कमिटी बैठकबारे छलफल हुनेछ ।