वासिङटन– इराकमा अमेरिकी अखडामा इरानले मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशतले वृद्धि भएर प्रति व्यारेल ६९.९४ डलर कायम भएको छ ।
मध्य पूर्वबाट तेलको आपूर्ति रोकिने चिन्ताकाबीच मूल्यमा वृद्धि भएको हो । या खबरपछि सुनको मूल्यमा पनि वृद्धि भएको छ । इरानी हमलापछि अन्तर्राष्ट्रिय सेयर बजारमा पनि नकारात्मक असर परेको छ ।
जापानको निकेइमा २ प्रतिशतले गिरावट आएको छ भने हङकङको हाङसेङमा पनि १ प्रतिशतको गिरावट आएको छ । इरानको सरकारी टेलिभिजनले भनेको छ, “यो हमला शीर्ष कमाण्डर कासिम सुलेमानीको मृत्यूको बदला हो ।”
इरानले यो हमला कासिम सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोन हमला गरेर कासिम सुलेमानीको हत्या गरेको थियो । सुलेमानीको मृत्यूदेखिनै अमेरिका तथा इरानबीच संघर्ष थप बढ्ने चिन्ता व्यक्त गरिदै आएको थियो ।
हरमुज भएर विश्वभरीमा जाने तेलको आपूर्ति पनि रोकिन सक्ने बताइदै आएको छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स तथा कुवेतको तेल निर्यात यसै बाटोगरी हुदै आएको छ । इरान पनि धेरैजसो तेलको निर्यात यसै मार्गबाट गर्ने गर्छ ।
प्छिल्लो हमालापछि अमेरिकी उड्डयन नियामक फेडरल एभिएसन अथोरिटीले अमेरिकी यात्रु विमानलाई इराकको हवाई सीमाबाट उड्नका लागि प्रतिबन्ध लगाएको छ । सिंगापुर एयरलायन्सले पनि आफ्नो सबै विमानलाई इरानी हवाई सीमाबाट नउड्नका लागि आग्रह गरेको छ ।
प्रतिक्रिया