सिके राउत प्रचण्ड जस्तै क्षमतावान भएका नेता :प्रधानमन्त्री ओली

सिके राउत प्रचण्ड जस्तै क्षमतावान भएका नेता :प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेसको आन्दोलन परित्याग गरेका डा. सीके राउत नेकपा अध्यक्ष प्रचण्ड जस्तै क्षमतावान भएका नेताको संज्ञा दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो। सीके राउतजीको आन्दोलन पनि उहाँ जतिक्कै क्षमतावान रह्यो।’

उनले जाति जाति लडाउने र भूगोल भूगोल लगाउने कुरालाई त्यागे आउने कुरा चानचुने कुरा नभएको भन्दै प्रधानमन्त्री ओलीले देश बनाउन उहाँको भूमिका महत्वपूर्ण रहने बताए। उनले भने, ‘ हिंसारहित बाटोबाट पनि प्रतिक्रियाबादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्ने कुरा सीके राउत जीले सन्देश दिनु भएको छ।’

उनले अब आफ्ना आग्रहलाई जनताका भन्दै थोपर्ने परिपाटी अब संसदीय प्रणालीमा काम नलाग्ने दाबी गरे। राउतले पृथक धारको राजनीति गरेपनि शान्तिपूर्ण बाटो नभुलेको ओलीले बताए । ‘सिके राउतको एउटा पाटोले शान्तिपूर्ण राजनीतिको पक्षपोषण गरेको हो’, ओलीले भने, ‘अर्को पाटो पृथकतावादी आन्दोलन भनेका थियौँ । पृथकताबादी आन्दोलबाट यहाँ आउने क्रममा यो साधारण निर्णय भएको होइन, यो महत्वपूर्ण निर्णय हो ।’

ओलीले राउत र उनको संगठनले बाटो बिराउने डर रहे पनि अब त्यसको अन्त्य भएको बताए । ‘राउतजी टेक्नोक्र्याट मात्रै होइन, एउटा थिंकर पनि हो’, ओलीले थपे, ‘त्यसैले यो निर्णय गर्न सक्नु भयो ।’ लोकतन्त्रमा जनताको अभिमत र जनता सार्वभौम सम्पन्न हुने बताउँदै ओलीले बेला बेलामा जनअभिमत आन्दोलनका रुपमा प्रकट हुने प्रष्ट पारे ।