काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि सेयर बजारमा उत्साह आएको बताएका छन् । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको दावी गरेका हुन् ।
उनले सेयर बजार मात्र हैन अव पूरै बजार चलायमान बनाउने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सेयर बजार २७ महिनाकै उच्च बिन्दुमा पुगेको छ । बजार हाम्रो सरकार बनेपछि बढेको हो । यसबाट पनि सरकारप्रतिको विश्वास कति छ भन्ने देखाउंछ । ’
उनले सेयर बजारलाई अर्थतन्त्रको ऐना भएको टिप्पणी गरे । प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएसंगै सेयर बजार ४ सय अंकले बढिसकेको छ । आइतबार पनि ६१ अंकले बृद्धि हुनुको साथै १५ अर्बभन्दा बढीको कारोवार भएको छ ।
प्रतिक्रिया