प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपतिको बधाई, साझेदारीका निम्ति सहकार्य गर्न तत्पर

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपतिको बधाई, साझेदारीका निम्ति सहकार्य गर्न तत्पर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई ज्ञापन गरेका छन्।

३ फागुनमा दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीलाई ट्रम्पले अमेरिकास्थित नेपाली राजदूतावासमार्फत बधाई सन्देश पठाएका हुन्।

बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको ट्रम्पले उल्लेख गरेका छन्।

ट्रम्पले अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि बताएका छन्।

‘स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार छ। अमेरिकी जनताको तर्फबाट तपाईंको उत्पादक तथा फलदायी कार्यको लागि शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले अगाडि भनेका छन्।