देउवा नेतृत्वको सरकार नै कांग्रेसको अन्तिम सरकार हो : एमाले अध्यक्ष ओली

देउवा नेतृत्वको सरकार नै कांग्रेसको अन्तिम सरकार हो : एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार नै कांग्रेसको अन्तिम सरकार हुने दाबी गरेका छन् ।

 

शनिबार पोखराको रानिपौवामा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सिद्धान्त र व्यवहारमा फरक रहेकोले देउवा नेतृत्वको सरकार नै अन्तिम सरकार हुने बताए ।  

 

उनले कांग्रेसले समाजवादको कुरा गर्न डराएको आरोप समेत लगाएका छन् ।

 

 

पुसदेखि बन्ने कुनै पनि सरकारमा कांग्रेसको नाम निसान नरहने वलीको आरोप थियो । उनले माओवादी र एमाले एउटै पार्टी भएको भन्दै चुनाव चिन्ह जे भए पनि त्यसैमा भोट हाल्न दुवै पार्टीका कार्यकर्तालाई आग्रह गरे ।

 

ओलीले कार्यक्रममा भने  ‘तपाईहरुलाई थाहै छ, कृष्णप्रसाद भट्टराईले अन्तिम समयमा आएर कांग्रेस छाड्नुभो, विपी कोइराला अहिलेसम्म जीवित भएको भए कांग्रेस छाडेर एमालेमा प्रवेश गर्नुहुन्थ्यो ।’

 

 

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले वामपन्थीको सरकार बनेपछि कुनै पनि नेपाली भोकले नमर्ने बताए ।