ओलीलाई विमानस्थलमा कसले ‘रिसिभ’ गर्ला ! मोदी या स्वराज ?

ओलीलाई विमानस्थलमा कसले ‘रिसिभ’ गर्ला ! मोदी या स्वराज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ देखि २६ सम्म ३ दिने राजकीय भारत भ्रमण गर्दै छन् । उनको भ्रमण सफल बनाउन दुवै देशले आन्तरिक गृहकार्य अघि बढाईसकेका छन् ।

नेपालमा बामगठबन्धनको सरकार गठन भएपछि प्रधानमन्त्री अोलीको यो पहिलो विदेश भ्रमण हो । एक साता अगाडि नै उनको भम्रणको हल्ला चल्दा भारतबाट अौपचारिक निम्तो नआएको भन्दै भ्रमण रद्द भएको थियो । अोली प्रधानमन्त्री भएको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर नै अोलीलाई बधाइ दिएका  थिए ।

भुकम्पपछिको नाकाबन्दीमा मोदी र अोलीबिच चिसिएको सम्बन्ध सुधार्न दुई पक्षले प्रयास गरिरहँदा अोलीको भारत भ्रमणमा ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्न मोदी पुग्छन् की पुग्दैनन् ? यो सबैको लागि चासोको विषय बनेको छ ।

भारतीय सुत्रका अनुसार उनलाई ‘रिसिभ’ गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज आउने प्रवल सम्भावना छ । उनका समकक्षी मोदी भन्दा  स्वराज नै विमानस्थल आउने संभावना रहेको सुत्रको दावी छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी पनि आजै भारत पुगिसकेका छन् ।

ओलीले भारत पुगेको दिनमा महत्वपूर्ण भेटघाट नगर्ने भएका छन् । उनले शनिबार मात्रै महत्वपूर्ण भेटवार्ताहरु गर्नेछन् । शुक्रवार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकैपटक प्रधानमन्त्री ओलीको भ्रमण तय भएको प्रेस बक्तब्यमार्फत जानकारी दिएको थियो ।